स्याङ्जामा विषादी युक्त तरकारी भित्रिन दिदैनौ : निवर्तमान मन्त्री गुरुङ

२०८१ बैशाख १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,१ बैशाख । स्याङ्जामा विषादी युक्त तरकारी र फलफुल भित्रिन नदिन राम्दिमा चेकपोस्ट निर्माण गर्न लागिएको निवर्तमान मन्त्री धनराज गुरुङले बताउनुभएको छ । तेस्रो गल्याङ औद्योगिक , व्यापार तथा कृषि महोत्सवमा बोल्दै सो कुरा बताउनुभएको हो ।

गण्डकी प्रदेशको मुख्य नाका राम्दिमा तरकारी तथा फलफुलमा विषादी परिक्षण गर्ने गरि प्रकृया अघि बढाईसकेको निवर्तमान मन्त्री गुरुङले बताउनुभयो । उहाले भन्नुभयो, ” विषादी युक्त तरकारी तथा फलफुल प्रतिवन्ध लगाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सकेमात्र यस्ता मेला र महोत्सले सार्थकता पाउछ ।” उहाँले मेला र महोत्सवले सार्थकता पाउनका लागि विषादी मुक्त फलफुल र तरकारीको प्रयोग हुन पर्ने कुरामा पनि जोड दिनुभएको थियो ।

सिद्वार्थ राजमार्ग हुदै स्याङ्जा एवम गण्डकि प्रदेश भित्रिने तरकारी तथा फलफुलको विषादी परिक्षण चेकपोस्ट स्थापना कार्य तत्काल अगाडि बढाउन निर्देशन दिईसकेको हुदा उक्त स्थानमा छिट्टै चेकपोस्ट निर्माण हुने उहाँले बताउनुभयो ।

निवर्तमान मन्त्री धनराज गुरुङले तरकारी र फलफूलमा मात्र नभएर दुधमा पनि यस्तो समस्या देखिएको हुँदा जिल्ला भित्रीने दुध परिक्षण गर्ने प्रकृयालाई पनि अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो “तराईबाट गुणस्तरहिन दूध भित्रिदा जिल्लाको दुधले बजार पाउन सकेको छैन ।”

“गल्याङ महोत्सवको आधार, कृषि, उद्योग, पर्यटन नै हाम्रो पुर्वाधार” भन्ने नारा सहित चैत ३० गतेवाट तल्लो गल्याङमा सुरु भएको गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव बैशाख ९ गतेसम्म चल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय