काठमाडौ,२३ बैशाख । नेपाल काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले बुद्ध जयन्तीमा प्रधानमन्त्री देखि सबै उच्च पदस्त ब्यक्तिहरु लुम्बिनीमा ६ घण्टा ध्यान बस्न आग्रह गर्नुभएको छ ।
आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गुरुङले देशलाई पर्यटन हवको रूपमा विकास गर्ने सकिने धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो “देशलाई पर्यटकीय हवको रुपमा विकास गर्न सकिन्छ त्यसको लागि काम गर्नुपर्ने छ ।”
संसदमा बोल्दै गुरुङले भन्नुभयो “आजबाट छ दिन पछि बुद्ध जयन्ती आउदै छ, त्यस बुद्ध जयन्तीमा हामी सबै,प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभा अध्यक्ष,मन्त्री सबै सांसदहरु बुद्ध जयन्तीका दिन लुम्बिनीमा गएर ६ घण्टा ध्यान गरौं,बुद्धले ६ बर्ष ध्यान गरेपनि हामी ६ घण्टा ध्यान गरेर बिश्वसामु सन्देश फैलाउन सकिन्छ।” यत्ति गर्न सके विभिन्न देशका बुद्ध धर्वालम्बीहरु नेपाल भित्र्याउन सकिने उहाँको धारणा थियो ।