प्रधानमन्त्रीका कारण होइन, कांग्रेसकै कारण गभर्नर नियुक्तिमा ढिलाई भइरहेको छ : देउवा (भिडियो)

२०८२ बैशाख २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२३ बैशाख । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाई प्रधानमन्त्रीका कारण नभएको स्पष्ट पार्नुभएको छ ।

नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार सानेपामा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभइ कांग्रेसका तर्फबाट गभर्नर नियुक्तिका लागि नाम सिफारिस गर्न समस्या भएकाले ढिलाई भएको बताउनुभएको हो । प्रधानमन्त्री केपी ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उहाँले बताउनुभयो । सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत स्पष्ट पार्नुभयो । अहिलेको प्रणालीमा एउटा पार्टीको मात्रै बहुमत आउने अवस्था नरहेकाले अन्य दलसंग गठबन्धन गर्नुपर्ने अवस्था रहेको उहाको भनाइ छ ।

सभापति देउवाले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमश कम हुँदै गएको अवस्थामा कांग्रेस सम्मिलित गठबन्धन सरकारले आर्थिक बिकासलाई गति दिनका लागि अझ मेहनत गर्नुपर्ने धारणा राख्नुभयो । आगामी बजेटमा धेरै योजना प्रस्ताव गर्ने तर पुरा नहुने स्थीतिको अन्त्य गर्नुपर्नेमा उहाले जोड दिनुभयो । उहाले सार्वजनिक सुरक्षाका कार्यक्रमहरुलाई एकीकृत गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सभापति देउवाले गिरिजाप्रसाद कोइरालाले सुरु गरेको उदारिकरणका कारण धेरै उद्योगधन्दाहरु खुलेको भन्दै गिरिजाप्रसादले सवै उद्योग बेचे भन्ने आरोप सत्य नभएको जिकिर गर्नुभयो । उद्योग गर्ने र व्यापार गर्ने काम सरकारको नभइ उद्योगपति र व्यापारिहरुको भएको भन्दै उहाँले उद्योग र व्यापारको क्षेत्रमा सरकारले निजि क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय