कांग्रेस प्रदेश नं १ का सभापतिमा थापा

२०७८ मंसिर २१, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा, २१ मङ्सिर । नेपाली कांग्रेस प्रदेश नं १ का सभापतिपदमा उद्धव थापा निर्वाचित हुनुभएको छ । हालै सम्पन्न उहाँसहित १४ जना सदस्य निर्वाचित भएका हुनुभएको हो ।

निर्वाचित हुने सदस्यमा बिमल आचार्य, भूमिराज राई, हुकुमसिंह राई, राजकुमार बराइली, रेगिना भट्टराई, चन्द्रकुमारी खड्का, प्रकाश कार्की, टेकबुहादुर खुजुम लिम्बू, फुलवति राजवंशी, शोभा श्रेष्ठ, मीरा खड्का र किरण भट्टराई निर्वाचित भएको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले बताउनुभयो । “सभापतिसहित धेरै नै सदस्य झापाबाट आउनुभयो प्रदेशमा” उहाँले भन्नुभयो,“अब जिल्लाबाट एक जना केन्द्रीय महामन्त्रीसहित सातजना सदस्यको उम्मेद्वारी तय भएको छ केन्द्रीय महाधिवेशनमा । सबै जितिन्छ भन्ने आशा छ ।”

उहाँका अनुसार जिल्लाबाट महामन्त्रीमा विश्वप्रकाश शर्माले र सदस्यमा सुधीर शिवाकोटी, महेन्द्र सुब्बालगायत सात जनाले उम्मेद्वारी दिने तयारी गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय