खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते

२०८० श्रावण २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साबित्रि अधिकारि

धादिङ,२२ साउन । खनियाबास गाउँपालिका ४ दार्खामा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते हुनुभएकाे छ ।

स्थानीय ३० बर्सिय सागर पौडेलले आफ्नै छिमेकी ३२ बर्सिया अन्जु सिंखडालाई आइतबार साझ धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते सिखडाको टाउको र हातमा गम्भीर चोट लागेको र अहिले ट्रमा सेन्टर काठमाडौंमा उपचारत रहेको प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयाे । सागर पौडेललाई प्रहरीले प्रकाउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय