अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

२०८० माघ १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,१२ माघ । नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै आफ्नो अघिल्लो यात्रा तय गरेको हो ।

नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन रह्यो । समूह डीबाट सुपर सिक्समा पुगेको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

नेपालको जितमा खनालले सर्वाधिक ५८ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय