भिरकोट ३ को भलिबल उपाधि बलेउलाई

२०८० माघ १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पुजा खड्का
स्याङ्जा, १५ माघ । भिरकोट तीन रोजिखोलामा जलदेवी युवा क्लबले आयोजना गरेको भलिबल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइतबार यसै वडाका वडाध्यक्ष केशर बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

खेलको आयोजक जलदेवी युवा क्लब लाई हराउँदै बलेउ युवा क्लबले प्रथम स्थान हासिल गरेको छ भने जलदेवी युवा क्लब दोस्रो भएको छ । त्यस्तै गरी माझकोट तेस्रो स्थानमा आएको छ ।

त्यस्तै महिला तर्फ लाङ्घाली क्लबले प्रथम स्थान हासिल गरेको छ भने आयोजक जलदेवी दोस्रो स्थान प्राप्त गरेको छ।

त्यस्तै वेस्ट खेलाडीमा सुसन खत्री लिफ्टर गौरव गुरुङ्ग सटर दिल कुमार गुरुङ्ग लिब्रो विशाल गुरुङ्ग अनुशासनमा महिला खेलाडी सुदिना गुरुङ्ग रहेका रहनु भएको छ भने म्यूजिकल चेयरमा पानमाया खत्री रहनुभएको छ ।

नाचगानमा सिल्पा कार्की प्रथम स्थान प्राप्त गर्न सफल हुनुभएको छ भने दोश्रो स्थानमा सृष्टि राना र तेस्रोमा सुविना मास्की रहनु भएको छ ।

दश वर्ष मुनिका बालबालिकाको मिठाइ खेलमा सिल्पा पराजुली प्रथम हुनुभएको छ भने ३५ वर्ष माथिको घैटो फुटाउने कार्यक्रममा अर्जुन खत्रीले विजय प्राप्त गर्नुभएको छ ।

जलदेवी क्लबका अध्यक्ष सुसन खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थानीय,अतिथि,विशिष्ठ अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय