त्रिभुवन आर्मी क्लव प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

२०८० माघ १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १८ माघ । त्रिभुवन आर्मी क्लव प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको हो । आर्मीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी २३.४ ओभर खेल्दा ६४ रनमा समेटियो । गण्डकीका इश्वर क्षेत्रीले १६ र करन पंगेनीले १५ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन् । आर्मीका लागि शाहब आलमले चार तथा जितेन्द्र मुखिया र कुशल मल्लले दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मी ३९.१ ओभर खेल्दा १३२ रनमा अलआउट भएको थियो । आर्मीका लागि इमरान शेखले सर्वाधिक ३४ रनको योगदान गरे । आर्मीले अब उपाधिका लागि शीर्ष स्थानमा रहेको पुलिससँग शनिबार फाइनल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय