राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ २८ देखि फाल्गुन ७ गतेसम्म पोखरामा आयोजना हुने

२०८० माघ २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, २४ माघ । मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ २८ देखि पोखरामा आयोजना हुने भएको छ ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश यस प्रतियोगिता माघ २८ देखि फाल्गुन ७ गतेसम्म पोखरामा हुने जानकारी दिएको हो । प्रतियोगीतामा सातवटा प्रदेशबाट १–१ टिम र आयोजक मनमोहन मेमोरियलको १ गरि ८ वटा टिम रहने आयोजकले जनाएको छ । २५ ओभरका १५ खेलहरुमध्ये १२ वटा लिग, २ सेमिफाइनल र एक फाइनल खेल हुने मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिनुभयो ।

प्रतियोगीताको समूह ‘ए’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश रहेको छ । समूह ‘बी’ मा मधेश, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेको छ । उद्घाटन खेलमा गण्डकी र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुने अध्यक्ष गैरेले जानकारी दिनुभयो । उहाले अव प्रतियोगीतालाई खेलाडीको बिकासका लागि आगामी दिनमा प्रतियोगीता निरन्तर रुपमा बिभिन्न प्रदेशमा आयोजना गरिने बताउनुभयो ।

प्रतियोगिताको विजेताले एक लाख, ट्रफी, खेल सामाग्री र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । खेलाडी छनोटका लागि सेन्टरबाट प्रत्येक प्रादेशीक क्रिकेट संघलाई सहयोग स्वरुप रु ५० हजार उपलव्ध गराइएको पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय