आईसीसी लिग क्रिकेट बिहीबारदेखि सुरु

२०८० फाल्गुन २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २ फागुन । आईसीसी लिग–२ क्रिकेट बिहीबारदेखि सुरु हुँदैछ ।

लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले बिहीबार नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेल नेपालले शनिबार नेदरल्यान्ड्सँग खेल्नेछ ।

त्यस्तै फाल्गुन ९ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ । लिग–२ खेल्ने टिमले कीर्तिपुरस्थित त्रिवि मैदान अभ्यास समेत गरेका छन् । क्यानले आईसीसी विश्वकप लिग–२ क्रिकेट टोलीको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय