संगम भण्डारी
स्याङ्जा ७, बैशाख । गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा गल्याङ बजारको तल्लो गल्याङ खेल मैदानमा संचालन भएको महोत्सवमा घोराई उपमहानगरपालिका १४ लालीगुरास टोल दाङमा उत्पादन भएको सिस्नुको रेसा र गाँजाको रेसाबाट बनेको कपडा बिक्रिमा राखिएको छ ।
महोत्सवको स्टल नम्बर ८ मा राखिएको यौनिक दिदीबहिनी अल्लो उद्योगमा अल्लोको कोट, अल्लोको जुवारी ,गाँजाको ह्याट, गाँजाको जुत्ता ,गाँजाको टोपी आदि बिक्रीमा राखीएको हिसिला वलीले हेर्ने कुरालाई जानकारी दिनुभयो ।
गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव बैशाख ९ गतेसम्म चल्नेछ ।