संगम भण्डारी/युबराज सुबेदी
स्याङ्जा ८,बैशाख । चर्चित लोक तथा दोहोरी गायिका रचना रिमाल र पुरुषोत्तम न्यौपाने सहितका कलाकार आज वैशाख ८ गते गल्यङ महोत्सवमा आउने हुनुभएको छ। पछिल्लो समय दर्शक श्रोताहरुको मनमुटुमा बस्न सफल गायिका रचना रिमाल सहितका कलाकारले आज गल्यङ महोत्सवमा प्रस्तुति दिने आयोजकले जनाएको छ ।
महोत्सवमा गायिका रचना रिमाल सहित पुरुषोत्तम न्यौपाने, गायक दिनेश क्षेत्री, गायिका कृष्ण गुरुङ, गायिका जस्मिन गुरुङ, गायिका रेनु राना मगर,लोक तथा चर्चित गायक घनश्याम रिजाल,गायक जगत गौडेलको पनि बिशेष प्रस्तुति रहनेछ । रिमालका फोटो फ्रिरिम्मा, उनको प्रीति, पानी छम्किने, मिनिरल वाटर जस्ता थुप्रै गीतहरू चर्चामा रहेका छन् ।
त्यस्तै महोत्सवमा स्याङ्जा डान्स आइडल सिजन ३,रत्यौली गीत प्रतियोगिता, आमन्त्रित जिल्ला स्तरीय भलिबल प्रतियोगिताले समेत महोत्सवलाई रोचक बनाएको छ ।
गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा चैत ३० गते बाट गल्याङ नगरपालिका ३ को तल्लो गल्याङ खेल मैदानमा सुरु भएको महोत्सव बैशाख ९ गतेसम्म चल्नेछ ।