काठमाडौं, १८ वैशाख । मेडिकल व्यवसायी खुमा अर्याल नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ। कलेजको मेजर सेयर खरिद गरेका अर्याल मंगलबारबाट कलेजको अध्यक्षमा चयन हुनुभएको हो।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। अर्यालको अध्यक्षतामा मेडिकल कलेजको थप विकास र विस्तार हुने सञ्चालक समितिले विश्वास लिएको छ।
अध्यक्ष अर्यालसहित कलेजको सञ्चालकहरुमा दिनेश श्रेष्ठ, अनिज श्रेष्ठ, डा सुरेशकुमार कनोडिया, सन्तोष कनोडिया, सन्तोषकुमार खनाल, लोकहर्ष शाक्य, अजय गुप्ता र सन्दीप अग्रवाल रहनुभएको छ।