इलाममा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, २ जना घाइते

२०८१ श्रावण १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,१९ साउन। इलाममा मोटरसाइकल दुर्घटनामा  एकजनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका-१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य दुई गम्भीर घाइते भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिनुभयाे ।

मोटरसाइकल चालक माई नगरपालिका-१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय