बराहक्षेत्र सम्र्पक समाजको बार्षिक कार्याक्रम सहित आगामी बर्षका लागि ४ उपससिमती गठन

२०८१ माघ २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बिराटनगर , २६ माघ । बराहक्षेत्र बिराटनगर सम्पर्क समाज बिराटनगरले आफनो बार्षिक कार्यक्रम मोरगंको कटहरी स्थित गोपाल फनपार्कमा सम्पन्न गरेको छ ।

समाजले बराहक्षेत्र नगरपालिका भित्र रहेको तत्कालिन बराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकासपुर र मधुवन गरी ५ गाबिसहरुमा जन्मेर हुर्केर बिराटनगर र आसपास क्षेत्रलाई कर्मथलो बनाई बिभिन्न पेशा गरी बस्नु हुने १ सय २० घर परिबारबाट २ सय ६० जना सदस्यहरुको पारिबारीक मिलन तथा बनभोज कार्याक्रम सम्पन्न गरेको छ । समाजले बिस २०७४ साल देखि बिभिन्न कार्याक्रम गर्दे आएको छ । अगामी बर्ष देखि बिभिन्न कार्यक्रम गर्नका लागि ४ उपसमितीको संयोजक तोकिएको सम्पर्क समाजका अध्यक्ष अबिजाल बिष्टले जानकारी गराउनुभयाे । महिलाहरुको लागि तीज कार्यक्रम सम्पन्न गर्न बिराटनगर ४ निबासी मन्जु बरालको संयोजकत्व ७ सदस्य उपसमिती बनेको छ । यसै गरी बिभिन्न मन्त्रालय र पालिकाहरुमा समन्वय र प्रस्तावना पेश गर्नका लागि अध्यक्ष अबिजाल बिष्टको संयोजकत्व ५ सदस्य उपसमिती बनेको छ ।

बिराटनगरबाट नजिकै रहेको धार्मिक तथा आन्तरिक पर्यटनलाई सहयोग पुराउने हेतुका साथ अगाडि बढेको यो समाजले सम्पुर्ण बराहक्षेत्र नगरपालिका साथै रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका र उदयपुर जिल्लाको बेलका नगरपालिकामा रहेका धार्मिक मठमन्दिरहरको संरक्षण, प्रचारप्रसार लगायतका बिबिध कार्यक्रम गर्ने भावी योजना बनाएको अध्यक्ष अबिजाल बिष्टले कार्याक्रममा प्रस्तुत गर्नुभएकाे थियाे । सबै घरपरिबारलाई पारिबारीक मिलन र बार्षिकरुपमा बनभोज कार्याक्रमलाई नियमित गर्न उद्योगी तथा समाजसेवी युबराज बरालले सहयोग गर्ने बताउनुभएकाे छ । कार्याक्रममा २५ जना अग्रजहरु ब्यक्तित्वहरुलाई जेष्ठ सदस्य नारद प्रसाद दाहालले सम्मान गर्नु भएको थियो भने कोषाध्यक्ष मातृका निरौलाले बार्षिक आय ब्यय आर्थिक बर्ष २०८१ असार मसान्त सम्मको हिसाब किताब सार्बजनिक गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय