पूजा खड्का
स्याङ्जा, २ असार । नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पोसारमा संलग्न दुई सवारी साधन जेसिबी र एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
। पुतलीबजार नगरपालिका वडा नम्बर १३ तोरी खोला लाम्पाटामा उत्खनन गरी ओसार पसार गरिरहेको अवस्थामा दुई साधन फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो। पक्राउ परेका दुई साधन मा ग १ क ३३११ नम्बरको जेसिबी र ग १ त ६६७१ नम्बरको ट्याक्टर रहेको खुल्न गएको छ।
कारबाहीको लागि पुतलीबजार नगरपालिका कार्यालय स्याङ्जा मा पठाइएको प्रहरीले जनाएकाे छ ।