आँधीखोला गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

२०८० पुष ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा,४ पौष । आँधीखोला गाउँपालिकाको आयोजनामा अन्तर मा बि स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एवम् बिबिध साँस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । पालिकाको वडा नं १ पञ्चमुलमा अबस्थित श्री त्री सहिद नमुना मा बि को खेल मैदानमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

पौष १ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले गर्नु भएको थियो । प्रतियोगितामा पालिका अन्तरगत रहेका १२ बटा मा बि हरूको सहभागीता रहेको थियो । जसमा छात्रा, छात्रमा भलिबल, कपर्दी दौड गरि १० स्वर्ण, १०, कास्य र १० रजक गरि ३० पदकको लागि भएको प्रतिस्पर्धामा भएको थियो । प्रतियोगितामा श्रवण मा बि बाङ्सिङ्गले ३ स्वर्ण र २ कास्य, त्री( सहिद नमुना मा बि पञ्चमुलले स्वर्ण २, रजत ४ र कास्य १, जनप्रदिप मा बि चिलाउनेबासले स्वर्ण २, रजत ३ र कास्य १, प्रधुम्न पनेरू मा बि रंगेठाटिले स्वर्ण १, रजत १ र कास्य ४, अन्धा अन्धी प्रकाश मा बि आठगर्हेले स्वर्ण १, रजत २, जनहित मा बि राजश्वाराले १ स्वर्ण , राष्ट्रिय मा बि पुवाडाडा र सेपत सिरानचौर मा बि ले १र१ कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

गण्डकी प्रदेश सार्बजनिक लेखा समितिका सभापति माननीय सुधीर कुमार पौडेल लगायत बिशिस्ट ब्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा पालिक अध्यक्ष बिश्वनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष सीता थापाको स्वागत र प्रशासकिय अधिकृत युवराज अधिकारीको सञ्चालनमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

पालिका अध्यक्ष बिश्वनाथ पौडेलको अध्यक्षतामा भब्य समारोहमा बिबिध साँस्कृतिक कार्यक्रम सहित ३ पौष का दिन समापन कार्यक्रममा सम्पन्न भएको थियो । समापन कार्यक्रममा बिजेता बिद्यालयका बिद्यार्थीहरूलाई नगद, प्रमाणपत्र, शिल्ड, मेडल प्रदान गरि फुलमाला र अबिर लगाएर सम्मान गरिएको थियो । जिल्ला स्तरमा हुँने आगामी प्रतियोगितामा उच्च आत्मबिश्वासका साथ सहभागी हुन बिद्यार्थीहरूलाई आग्रह गर्दै जिल्ला स्तरमा पदक प्रप्तगर्ने बिद्यार्थीहरूलाई उचित नगद पुरस्कार प्रदान गर्ने पालिका अध्यक्ष पौडेलले प्रतिबद्धता ब्याक्त गर्दै चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय