भिरकोटमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

२०८० माघ ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पुजा खड्का

स्याङ्जा,६ माघ । जलदेवी युवा क्लबको २९ औं वार्षिकोत्सबको अवसरमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । सनिवार एक कार्यक्रम सहित स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ रोजिखोला टोलमा रहेको क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन गरिएको हो ।

वडा नम्बर ३ का वडा अध्यक्ष केशर बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष चोपेन्द्र बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो भने क्लबका अध्यक्ष सुसन खत्रीको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।

बिभिद कार्यक्रमको आयोजना गरिएको प्रतियोगिता माघ १४ गतेसम्म चल्ने आयोजनाले जनाएको छ । कार्यक्रममा पुरुष तथा महिला भलिबल प्रतियगिता नृत्य प्रतियोगिता ३५ वर्ष माथिको लागि घैटो फुटाउने र म्यूजिकल चियर प्रतियोगिता रहेको जनाइएको । त्यस्तै १० वर्ष मुनिका बाल बालिका लाई मिठाइ तान्ने प्रतियोगिता पनि राखिएको छ ।

प्रतियोगितामा पुरुष भलिबल प्रतियोगिता प्रथम पुरस्कार ५५००० ट्रफि मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार ४०००० ट्रफि मेडल र प्रमाण पत्र  तृतिय  पुरस्कार २०००० ट्रफि मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार १०००० ट्रफि मेडल र प्रमाणपत्र रहेको छ भने महिला भलिबल तर्फ प्रथम पुरस्कार १२००० ट्रफि मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार ७००० ट्रफि मेडल र प्रमाणपत्र रहेको छ। त्यस्तै गरी उत्कृष्ट खेलाडी, लिफ्टर अनुशासित खेलाडी लाई ट्रफि मेडल र प्रमाण पत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय