जापान पठाइदिन्छाै भन्दै ठगि गर्ने दुई पक्राउ

२०८१ बैशाख २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २१ वैशाख । वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जापान पठाइदिने भन्दै ठगि गर्ने रामेछाप घर भएका नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र झापा घर भएका पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

नियोनी एजुकेसन प्रा.लि बाट जापान जानको लागि अवसर रहेको विज्ञापनका आधारमा सम्पर्कमा पुगेका युवाहरुलाई उनीहरुले खातामा पैसा हाल्न लगाएका थिए । जापानमा रहेको कलेजमा शुल्क बुझाउनको लागि लाग्ने रकम नारायण बहादुर राईको नाममा रहेको सानिमा बैंकको खातामा र पर्वराज भन्ने ईश्वरी पाण्डेको कामना विकाश बैंकको खातामा रकम पठाउन लगाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । उक्त घटनामा उजुरी परेपछि अनुसन्धान गर्दै जाँदा नारायण बहादुर राईको नागरिकता दुरुपयोग गरी राजन श्रेष्ठले र पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरी ईश्वरी पाण्डेले विदेशमा जान चाहने युवायुवतीहरुलाई ठगी गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा दिप बहादुर तामाङ मार्फत् १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिल कुमार नेपाली मार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको प्रहरीले जनाएको छ । त्यस्तै वास्तविक नारायण बहादुर राई लाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५÷१६ वर्ष अगाडी हराएको र विगत ३ वर्ष देखि पठाओ चलाई जिबिका चलाउने सामान्य व्यक्ति रहेको र निजले हाल सम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय