काठमाडौँ, २६ वैशाख । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले मोरङको बिराटनगर–८ स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको सेवामा छूट पाउने भएका छन् ।
उक्त छूट सम्बन्धी सम्झौतामा न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिका सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोकका शाखा प्रमूख प्रशान्त कुमारले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।
अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग,क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छूट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।
छूट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटललाई भुक्तानी गर्नुपर्ने हुन्छ ।
उक्त अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंकका ग्राहक तथा शेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीहरुलाई १५ प्रतिशत सम्मको छूट व्यवस्था रहेको बताइएको छ ।
प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिंदै आइरहेको छ ।