एमाले पार्टी छाडे पूर्वआईजीपी सर्वेन्द्र खनालले

२०८१ पुष २१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२१ पुस । पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले पार्टी छाड्नुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको बताउनुभएकाे हाे ।

हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन । म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थितिअनुकूल सधैं सक्दो कार्यहरु गरिरहने छु,’ उहाँले भन्नुभयाे ।

तत्काल कुनै पार्टीमा जाने र पार्टी खोल्ने नसोचेको खनालले बताउनुभयाे । स्वतन्त्रपूर्वक समय परिस्थितिअनुसार कदम चाल्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय