काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने तय छ ।
बैठकमा क्रियाशील सदस्यता साथै नवीकरणको अवस्थाबारे छलपफल हुने कार्यसूची छ । त्यस्तै बजेट एवं समसामयिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउपछि भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरूको नाम मुछिनुका साथै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने पार्टीभित्रै र बाहिरबाट कुरा उठिरहेको बेला यो विषयमा पनि छलफल हुने एक नेताकाे भनाइ छ ।