काठमाडौँ , १२ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित युवासंग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० बर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकैदिनमा समाप्त हुने बताउनुभएको हो । भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उहाले बताउनुभयो ।
अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यहि अवस्था रहे बर्षौसम्म पनि अनुभूति हुनेगरिको परिवर्तन महशसु गर्न नपाउने धारणा राख्नुभयो । उहाले देश बिग्रिए केपी ओली, शेर बहादुर देउवा वा प्रचण्डको केहि नबिग्रने तर युवाहरु भविष्य भने बिग्रने भएकाले युवाहरु नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताउनुभयो ।