काठमाडौँ, १३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्नेे बताउनुभएको छ ।
मंगलबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसंगमात्रै नभइ सरकारसंगपनि सम्बन्धीत रहेकाले बिपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताउनुभएको हो ।
प्रचण्डले नेपाल समाजवादी पार्टीसंगको एकताका बिषयमा कुनै विवाद नरहेको भन्दै महेन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गर्नुभयो ।
प्रचण्डले बाबुरामले धेरै तह उत्रेर आफुमाथि अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नुमात्रै रहेको जिकिर गर्नुभयो ।
उहाले एकता प्रक्रियामा बाबुरामलाई आफुले छोडेको नभइ बाबुराम नै पार्टी, आन्दोलन र माक्र्सवाद छाडेर भागेको टिप्पणी गर्नुभयो ।