स्याङ्जाका एक युवा : १५ बर्ष खाडीमा,४० काटेपछि सरकारी जागीरमा

२०८२ असार १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१ असार । गायक हेमन्त रानाले त्यसै भनेका होइन रहेछन् ” सुन साइली..प्रदेश बाट म आउला.. चालिस काटेसी रमाउला..” ठ्याक्कै यस्तै भएको छ स्याङ्जामा । यहाँका एक युवा वैदेशिक रोजगारीको क्रममा पन्ध्र बर्षसम्म युएई बसेर चालिस काटेसी सरकारी जागीरमा फर्किएका छन् ।

इच्छा भए उमेरले छेक्दैन भन्ने उदाहरण बन्नुभएका स्याङ्जा जिल्ला वालिङ नगरपालिका ११ धन्पुरेका ध्रुब पराजुली सानैदेखिकाे इच्छा चालिस काटेसी पुरा गर्न लाग्नु भएको हो । सानैदेखि सरकारी जागीर खाने इच्छा भएपनि घर परिवारको आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीका लागि युएई पुग्नुभएका पराजुलीलाई जागीर संगैको पढाईले अहिले यो सफलता दिएको हो ।

सरकारी जागिर छाडेर वैदेशिक रोजगारीमा गएका समाचार आइरहेकाे बेला पराजुली भने पन्ध्र बर्षको वैदेशिक यात्रालाई बिट मार्दै नेपालको सरकारी जागीरमा फर्किनु भएको हो ।

सन् २००७ मा वैदेशिक रोजगारीमा युएई पुग्नु भएका उहाँ युएईमा जागीर संगै पढेर हाल नेपालमा शिक्षक पेशामा लाग्नु भएको हो ।

ब्याचलर पहिलो बर्ष पढ्दापढ्दै रोजगारीका लागि युएई जानू भएका पराजुलीले बाकी पढाई रोजगारी संगै युएई बाटै गर्दै आएकाे बताउनुभयाे । उहाँले हेर्ने कुरा डटकम संग कुराकानी गर्दै भन्नुभयो “युएईमा काम गर्दै पढ्दै गरे परिक्षाको बेलामा नेपाल आएर परिक्षा दिने गर्थे । २०७९ सालमा नेपाल फर्किए र शिक्षा आयोगमा परिक्षा दिएको पास भए ।”

सुरुमा प्राबी र निमाविको लागि शिक्षा आयोग दिएर दुबैमा पास भएपनि दोस्रो परिक्षामा प्राविको मात्रै दिएको बताउनुभयो । उहाँले भन्नुभयो “प्राबी र निमाविको पहिलो परिक्षा एकैपटकमा पास गरे, उमेर पनि गैइसकेको र परिक्षा जसरीपनि कटाउनुपर्ने दबाब भएको हुँदा दोश्रो परिक्षा भने प्राबीको मात्रै दिए ।”

२०७९ सालमा नेपाल आएर निमाविको तर्फको शैक्षिक क्षेत्रको लाइसेन्स लिनुभएका उहाँ २०८० सालमा माविको लाइसेन्स लिनुभएको थियो । वैदेशिक रोजगारीमा रहेपछि पढाइलाई निरन्तरता दिनुभएका उहाँले २०८१ चैत १४ गते देखि स्याङ्जाको वालिङ ७ मा रहेको श्री बाल तपस आधारभूत बिधालयको लागि पदस्थापन लिनु भएको थियो भने चैत १६ गते त्यहीँ बिधालयमा अध्यापन गराइरहनु भएको छ ।

वैदेशिक रोजगारीका क्रममा युएई बसेर वालिङ नगरपालिका ८ मा घर समेत बनाउनु भएका पराजुली अहिले त्यहीँ घर बाट स्कुल आउने जाने गर्नुहुन्छ । बुवा हुम बहादुर पराजुली र आमा गुरता देवी पराजुलीका माइला सन्तान ध्रुव पराजुली अहिले ४० क्रस भैइसक्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय