स्याङजामा चट्याङ लाग्दा एक घाईते

२०८२ असार २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृष्ण बस्याल
स्याङजा,२  असार । स्याङजामा चट्याङ लागेर एकजना घाईते भएका छन । घाईते हुनेमा भिरकोट नगरपालिका वडा नम्बर –०९ कोट बस्ने ४६ बर्षका देउ बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

रातको करीब एक बजेको समयमा घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङको झड्काले घाईते हुनुभएका थापालाई स्थानीय र प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागी मणिपाल अस्पताल पोखरा पठाईएको छ । घाईते हुनुभएका थापाको दाहिने हात बढी चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय